विपक्षीले उठाएका मुद्दा सम्बोधन गर्ने सहमतिपछि प्रदेशसभा बैठक सञ्चालन

विपक्षीले उठाएका मुद्दा सम्बोधन गर्ने सहमतिपछि प्रदेशसभा बैठक सञ्चालन

  • आइतवार, असार २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

धनगढी, असार २२ ।
सत्ता र प्रतिपक्षबीच सहमति भएपछि लामो समयदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि संचालन भएको छ । प्रतिपक्षी दलले उठाएका मुद्दाहरु सम्बोधन गर्ने सहमतिपछि प्रदेशसभा बैठक २२ दिनपछि आज संचालन भएको हो ।

आजको बैठकमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले ल्याएको बजेट राम्रो भएकै कारण आलोचना भएको दावी गर्नुभयो । उहाँले बजेटमा कुनै असन्तुष्टि भए सदनमै छलफल हुनुपर्ने बताउनुभयो ।

बजेट अपारदर्शी भएको भन्दै रातो किताब जलाएर सदन अवरोध गरिरहेका प्रतिपक्षी सांसदहरुतर्फ इंगित गर्दै उहाँले विकासका योजना कार्यान्वयन गर्न सबै एकै ठाउँमा उभिनसमेत आग्रह गर्नुभयो ।

यस्तै, प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले बजेटमा गम्भीर त्रुटीहरु रहेका कारण आफुहरुले रातो किताव जलाएर सदन अवरोध गरेको बताउनुभयो । उहाँले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्न सरकार सहमत भएकाले सदनको अवरोध हटाएको बताउनभयो ।

सदनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी नेताले सम्बोधन गरेपछि बजेटमाथिको छलफल अगाडि बढेको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट तथा विनियोजन विधेयकमाथि सामान्य छलफल प्रारम्भ होस् भनी पेश गरेको प्रस्ताव सदनले सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश सभामा भोलिदेखि बजेटमाथि छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ