निवृत्त कर्मचारीहरुलाई चाडपर्व भत्ता नदिन प्रस्ताव, कस्ले के भने ?

निवृत्त कर्मचारीहरुलाई चाडपर्व भत्ता नदिन प्रस्ताव, कस्ले के भने ?

  • आइतवार, असार २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, असार २२ ।
सांसदहरुले सेवा निवृत्त कर्मचारीहरुलाई चाडपर्व भत्ता नदिन प्रस्ताव गरेका छन् । उनीहरुले विरामी नभएका कर्मचारीले पनि औषधि उपचार भत्ता पाउने व्यवस्था हटाउन माग गरेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा धेरैजसो सांसदहरुले पेन्सन पाइरहेकालाई चाडपर्व भत्ता र विरामी नभएकालाई औषधि उपचार भत्ता दिने व्यवस्था ठीक नभएको धारणा राखेका हुने् ।

विधेयकको दफा ४९ मा भाग लिँदै सांसदहरु जनार्दन शर्मा, झपट रावल, नवराज सिलवाल, छक्कबहादुर लामा लगायतले सेवा गरिरहेका कर्मचारीलाई सरकारले भत्ता दिनु ठीक भए पनि अवकाश पाइसकेकालाई दिन नहुने धारणा राखेका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका सांसद शर्माले अवकाश प्राप्त कर्मचारीलाई भन्दा किसानलाई भत्ता आवश्यक रहेको धारणा राख्नुभयो । नेकपा सांसद पम्फा भुसालले आर्थिक कोणबाट हेर्दा पेन्सन वालालाई चाडपर्व भत्ता नदिने विषय ठीक भए पनि यसलाई कटौती गर्दा गलत सन्देश जानेतर्फ सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भूतप्रभावी कानुन बनाउने कि नबनाउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवा निवृत्त कर्मचारीलाई पनि चाडपर्व भत्ता दिने हो भने जेष्ठ नागरिकलाई पनि दिनुपर्ने बताउनु भयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले भने विगतको व्यवस्थालाई अहिले पनि निरन्तरता दिइएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ