सत्तारुढ नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच छलफल, राजनीतिक दस्तावेजमा सहमति

सत्तारुढ नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच छलफल, राजनीतिक दस्तावेजमा सहमति

  • आइतवार, असार २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, असार २२ ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको १३ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक दस्तावेजमा सहमति जुटेको छ । पार्टीको विधान र नियमावली लगायतका दस्तावेज प्रकाशित भएर कार्यान्वयनमा गइसके पनि विवादकै कारण राजनीतिक प्रतिवेदन छापिएको छैन ।

जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय राजनीतिक कार्य्दिशाका विषयमा सहमति जुटेको थिएन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बालुवाटारमा लामो छलफलपछि राजनीतिक प्रतिवेदनका विवादित विषयमा सहमति जुटेको हो ।
दुवै अध्यक्षबीच पटक पटक यसबारेमा छलफल भएको र आजको छलफल सहमतिमा पुगेको नेकपा स्रोतको भनाइ छ । एक वर्षअघिनै राजनीतिक प्रतिवेदन, विधान लगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।

पछिल्लो पटक सचिवालय बैठकमा समेत यसबारेमा कुरा उठेपछि दुवै अध्यक्षले आफूहरुले चाँडै टुंगो लगाउने बताउनु भएको थियो । यसबीचमा नेकपामा पार्टीको तत्कालिन कार्यक्रम जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्नेमा बहस समेत चलेको थियो ।

पछिल्लो पटक मदन भण्डारी जयन्तीका अवसरमा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादनै अब जनताको जनवाद भएको बताउनु भएको थियो । सोही आधारमा राजनीतिक प्रतिवेदनमा सहमति जुटेको नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ