प्रधानमन्त्रीका सल्लाहकार रिमालले ‘छौंडा’ भनेपछि चौतर्फी विरोध

प्रधानमन्त्रीका सल्लाहकार रिमालले ‘छौंडा’ भनेपछि चौतर्फी विरोध

  • आइतवार, असार २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं,२२ असार ।
प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आईतवार बिहानै एक ट्वीट गरे । ६.४० मा गरेको उनको ट्वीटले यतिवेला सामाजिक सञ्जाल तताएको छ । ट्वीटमा उनले छौंडाहरु आफैं चल्मलाएका हुन् कि कसैले छोडेका भनेर प्रश्न गरेका थिए ।उनले ट्वीटमा चयन गरेको शब्दप्रति भने उनकै पार्टीका नेता कार्यकर्तादेखि आममानिसले आपत्ति जनाएका छन् ।
कवितात्मक शैलीको रिमालले गरेको ट्वीटमा यस्ता शब्द प्रयोग भएका छन्,

‘भनिन्छ, छौडाहरु आफैं चलमलाउँदैनन्,

कसैले छोड्छन्,

दुःख दिन्छन् १

यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि

कसैले छोडेका रु’

उनले यो ट्वीटमा कसलाई इग्गिंत गरे भन्नेबारे खुलाएका छैनन् तर पछिल्ला दिनमा सरकारको एकपछि अर्का कदमको आलोचना भइरहेकाले तिनै आलोचकहरुप्रति लक्षीत गरेकोअनुमानलगाउन सकिन्छ ।

उक्त ट्वीटपछि अहिले रिमालको सामाजीक सन्जालमा चर्को आलोचना भइरहेकोछ ।
नेपाली शब्दकोशमा पनि छौंडा शब्दलाई राम्रो अर्थमा प्रयोग नहुने र समाजमा पनि उक्त शब्दलाईनराम्रोरुपमालिने भएकालेपनिरिमालको आलोचना भइरहेकोछ ।

रिमालको ट्वीटमा प्रश्न गर्ने क्रममा नेकपाकै नेता डा. विजय पौडेलले लेखेका छन्, ‘विष्णु सर, यो अमुर्त कविता कसका लागि हो ? के यो तपाईकै ह्यान्डल हो ? हो भने यस्तो नलेख्नुस । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न है, यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछू’ ।

पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल लेख्छन्, ‘छि छि सरकारका प्रमुख सल्लाहकारको भनाई १’

कमल रिजालले खेखेकाछन्, ‘महाशयज्यू, बेफुर्सदीले गर्दा ऐना हेर्न बिर्सिनु भो कि कसो हो । सत्ता र शक्तीको नशा त सबैलाई कडै पो लाग्दो रछ, अरुलाई त पहिले नै देखीएकै हो, हानिकारक छ । कसैलाई केहि नभन्ने बिचार गरियो । अरुमाथी एक औला उठाउदा चार आफै तिर फर्कन्छ । कम्युनिस्ट झै तिक्ष्ण बुद्धी नभए पनि यति चै बुझिएकै छ ।’

उषाकिरण तितिल्सिना लेख्छिन्, ‘कमरेड तपाँई पार्टीको स्यायी कमिटी सदस्य र प्रम ज्युको सल्लाहकार दुबै पद बाट राजिनामा दिनुस् । यो चेतनास्तरले दुबै पदलाई न्याय गर्न सक्दैन ।’

विष्णु पाण्डे लेख्छन्, ‘कठै सल्लाहकारज्युका शब्द चयन ! भोली फेरी यही समाजमा सामान्य नागरिकको रुपमा जिवन यापन गर्नु पर्ने दिन आउँदैन ? कि त्यती दुरदर्शिता पनि छैन ? सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने बिशेषता सहित सल्लाहकार पदको आबेदन माग भएको थ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण ?’

अशेष घिमिरे लेख्छन्, ‘तपाईं प्रत्येकले हेर्नैपर्ने सुन्नैपर्ने हो । सत्ताको केन्द्रमा बस्ने एउटा महत्वपुर्ण पात्र कसरी खतरनाक बन्दै जान्छ, कसरी उसमा बिनयशीलता, नम्रता नष्ट हुँदै जान्छ बडो मजासँग सिक्न सकिन्छ । तपाईं आजको कालखण्डको ध्यान दिइनुपर्ने उदाहरण हो । धन्यवाद ।’

बिमल योगी लेख्छन्, ‘ उट्पट्याङ शब्दको खानी यता रै छ । म भने प्रधानमन्त्री ज्यूलाई गाली गर्दै ।’

पशुपतिनाथ ह्याण्डलका एक व्यक्ति लेख्छन्, ‘ धिक्कार छ महाठिस सल्लाहकार ..प्रम गलत होइनन् गल्ती गर्ने त रिमालहरु हुन, गाली ओलि ले खानुपर्या छ ।’

दामोदर गिरि लेख्छन्, ‘ हरे राम! प्रधानमन्त्रीको सल्लाहाकार जस्तो मान्च्छेको पब्लिकमा प्रस्तुत हुने सैली कति लाजमर्दो ! यस्तैमान्छेको संगतले गर्दा पो रहेछ प्रधानमन्त्री केपी ओली ज्यु झनझन असफल हुदै गएको। दया लाग्यो तपाइको भाषाको शैली देखेर कठै!’

अर्जुनकुमार शर्मा लेख्छन्, ‘ गणतन्त्रमा ढुंगेयुगको कुरा गर्ने ? बोक्सिको कुरा गर्ने ? छौंडाको कुरा गर्ने ? रुढिबादी र संबिधान बिरोधी ! यस्ताको सल्लाहमा चलेको पार्टी र सरकारले पनि काम गर्छ भनेर पत्याउने म महामुर्ख !!!!’

इश्वर पोखरेल लेख्छन्, ‘ जनभावना बिपरीत काम गर्ने अनि बिरोध गर्नेलाई छौंडा भन्ने कस्तो तरीका हो कमरेड ? गुठि बिधेयक ल्याउन कस्ले सल्लाह दियो विषादी मिसिएको खाद्यन्न चेक नगरी ल्याउन कस्ले सल्लाह दियो ? सुन कान्ड,वाईटवडि कान्ड,जग्गा कान्ड ,निर्मला बलत्कार कान्ड मा कार्वाही गर्नु हुन्न भनेर सल्लाह दिने को?’

प्रकाश जोशी लेख्छन्, ‘ प्रधान मंत्रीको प्रमुख सल्लाहकारलाई सुहाएन है यसतो छोटो मुख !’

सचितानन्द लेख्छन्, ‘ यो मानसिकता, यसमा प्रयुक्त भाषा र यसभनाइको प्रयोजन कुनैपनि हालतमा कम्युनिस्ट नैतिकता भित्रपर्दैन । पार्टी कसैको वपौति होभने वाँकीलाई निकालेर एकलौटी चलाए भैगोनी । तपाई जस्तालाई नेता मानिराख्नुपर्ने नेपालको कम्युनिष्ट आन्दोलन र हामी यस आन्दोलनका सिपाहीहरुको दुर्भाग्य।’

लविनध्वज खाँड भन्छन्, ‘ “छौंडा“ शब्दको अर्थ थाँहा थिएन, नेपाली बृहत शब्दकोष पल्टाएं अनि दुखी हुँदै सोच्न बाध्य भएं( हैन यो ट्विट समृद्धिप्रिय प्रमका प्रमुख सल्लाहकारकै हो भने, यस्ताले दिने सल्लाह कस्तो हुन्छ होला जो समृद्धिका लागि होस्!! लज्जाशरणम् ।’

विजयकान्त कर्ण भन्छन्, ‘ यो छौंडा कसलाइ भनिएको हो, तराई(मधेसमा मैथिली, भोजपुरी र थारु भाषामा सामान्य रुपमा केटा केटी लाइ भनिन्छ र तिनीहरु चलमलाएको लाइ राम्रो र नराम्रो दुवै अर्थ हुन्छ। प्र मको सल्लाहकारज्यु ले कुन सन्दर्भमा भन्नु भएको बुझिएन। हामी जस्तालाई बुझ्ने भाषा भए ठिक हुन्थ्यो’

रश्मि अधिकारी लेख्छिन्, ‘ प्रम को सल्लाहाकार भएर यस्ता शब्द लेख्न छुट नै छ र हाम्रो संविधानमा, नैतिकताकै लागि पनि दुबै पदबाट राजिनामा दिनु उचित नहोला र महोदय???’

राजु थापा लेख्छन्, ‘ प्रधान झाँक्रीबाटै ओखतीमुलो गर्न सल्लाह दिनुस दाजु। चकित परियो!!! शब्द चयन बैज्ञानिक र समाजवाद उन्मुख रहेछ। जे होस्, चमत्कार जारी छ!!!’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ