नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै,  विभाग, भ्रातृसंस्थाका अधिवेशनलगायत विषयमा छलफल हुने

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै,  विभाग, भ्रातृसंस्थाका अधिवेशनलगायत विषयमा छलफल हुने

  • आइतवार, असार २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, २२ असार ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच पार्टीका तल्ला तहको संरचना गठन निर्वाचनबाटै गर्ने सहमति भएको थियो ।

यही सहमति अनुमोदन गर्न बैठक बोलाइएको बताइएको छ । मुलुक संघीय संरचनामा गइसके पनि कांग्रेसले आफ्ना संरचना सोअनुरुप बनाउन सकेको छैन । अन्तरिम अवधिका लागि सहमतिबाट तदर्थ समिति गठन गरी संरचना निर्माण गर्ने सभापति देउवाले तयारी गरिरहेका बेला वरिष्ठ नेता पौडेलले असहमति जनाएपछि अब विधानअनुसार निर्वाचनबाटै गठन गर्ने सहमति बनेको हो ।

कांग्रेसको विधानमा पनि संघीय संरचनाअनुसार कमिटी गठन गर्दा निर्वाचनबाटै गर्नुपर्ने व्यवस्था छ ।केन्द्रीय कार्यसमितिबाहेक कांग्रेसमा अहिलेसम्म तल्ला तहका कमिटी पुरानै संरचनाअनुसार गठन भएका छन् । नयाँ संरचनाअनुसार प्रदेश, क्षेत्र, गाउँ, नगर, वडा र बुथ कार्यसमिति गठन गर्नुपर्नेछ ।

नियमित महाधिवेशन नहुँदासम्मको अन्तरिम अवधिका लागि गठन हुने सबै कार्यसमिति अब निर्वाचनबाटै चयन गरिने छन् । बैठकले नियमावलीसमेत पारित गर्ने बताइएको छ । नियमावली तयार पार्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले सहमतिबाट नियमावलीको मस्यौदा पारित गरिसकेको छ ।

बैठकमा विभाग, भ्रातृसंस्थाका अधिवेशन, नेविसंघको गठनलगायत विषयमा छलफल हुनेछ । नेविसंघ विघटन भएको चार महिना बित्दासमेत नयाँ कार्यसमिति बन्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ