२१ असार, चितवन ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राजनीतिमा मिशन र भिजन नहुँदा राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताउनु भएको छ ।
नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज चितवनमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
नेता पौडेलले ७० वर्षको संघर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताउनु भयो ।
फरक प्रसंगमा उहाँले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिनुभयो । नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै नेता पौडेलले नेताबाट सञ्चालित नभएर देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline