ललितपुर, असार २० ।
नेपाल कम्युनिस्ट पार्टीकी स्थायी कमिटी सदस्य पम्फा भुसालले टिका र खादा लगाउने बित्तिकै राजनीतीक पार्टीको सदस्यता पाईने बताईन् ।
नेपाल पत्रकार महासंघ ललितपुरद्वारा आयोजित दुईदिने पत्रकारिता तालिमको समापन कार्यक्रमलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै सांसद भुसालले पछिल्लो दिन राजनीतिमा खादा लाएपछि जसले पनि सजिलै पार्टी सदस्यता र पद पाएको बताएकी हुन् ।
अहिले राजनितिमा सजिलै प्रवेश पाउने गरेको र खादा लाएपछी जो पनि धेरै माथी पुग्ने गरेको उनले व्यंग्य गरिन । आफ्नो अनुभव सुनाउदै भनिन्‘जेल बसेर आएपछि पार्टी सदस्यता पाउदा त पहिले कति सजिलै सदस्यता पाएको भन्थे अहिले त टिका या खादा लगाउने बित्तिकै सदस्यता पाईन्छ, उच्च पदमा पुगिन्छ । ’
नेतृ भुसालले पछिल्लो दिन ‘पेक न्युज’ आउने क्रम बढेको भन्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह गरिन ।