शान्ति प्रक्रिया भाँड्ने प्रयास भयोः प्रचण्ड

शान्ति प्रक्रिया भाँड्ने प्रयास भयोः प्रचण्ड

  • शुक्रबार, असार २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, असार २० ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताउनु भएको छ । समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले शान्ति प्रक्रिया भाँड्ने चलखेल घातक भएको बताउनु भएको हो ।

शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भयो। पुर्वपधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले कार्यक्रममा आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गर्नुभयो ।

उहाँले डा. बाबुराम भट्टराई, मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गर्नुभयो । यस्तै सोही कार्यक्रममा बोल्दै नेकपाका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गर्नु भएको छ ।

कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन भनेको स्मरण गर्दै नेता पौडेलले ५ वर्षका लागि जनताले मत दिसकेकाले अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना नभएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ