सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेः प्रधानमन्त्री

सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेः प्रधानमन्त्री

  • शुक्रबार, असार २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, असार २० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अत्तालिन थालेको दाबी गर्नु भएको छ । देवेन्द्र पराजुली, कल्पना धमलालगायत समाजवादी पार्टीका नेताहरुलाई आज नेकपा प्रवेश गराउदै प्रधानमन्त्री ओलीले सरकारको बचाउ गर्नु भएको हो ।

प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको उहाँको विश्लेषण छ । उहाँले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गर्नु भएको छ ।

नेकपाको अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताउनुभयो । उहाँले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ