भिसा शुल्क बढ्याे, साउनदेखि कार्यान्वयनमा आउने

भिसा शुल्क बढ्याे, साउनदेखि कार्यान्वयनमा आउने

  • बुधबार, असार १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, १८ असार । साउन १ गतेदेखि लागु हुनेगरी सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ। पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने मन्त्रिपरिषद्काे निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो। अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ।

गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो। झन्डै १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरेर भिसा शुल्क बढाउने निर्णयमा पुगेकेा बताउदै परिवर्तित भिसा शुल्क साउन १ देखि कार्यान्वयनमा आउने जानकारी दिए ।

गृह मन्त्रालयले पर्यटकीय भिसाअन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ। यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो। त्यस्तै ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्‍याएको छ। पर्यटकले यसअघि ३० दिनको बहुप्रवेशी भिसाको ४० डलर तिर्दै आएका थिए। गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्‍याएको छ।

गृहले ९० दिनको बहुप्रवेशी भिसामा ३५ अमेरिकी डलर बढाएको छ। यसअघि ९० डलर तिर्दा ९० दिनको बहुप्रवेशी भिसा पाइन्थ्यो। पर्यटक भिसाको म्याद थप गर्दा भिसा अवधिभित्र प्रतिदिन ३ अमेरिकी डलर तिर्नुपर्नेछ। म्याद गुज्रिएपछि भिसा थप गर्दा बेग्लै जरिबाना तिर्नुपर्छ। पर्यटकले बहुप्रवेशी भिसा थप्दा अब २५ अमेरिकी डलर तिर्नुपर्नेछ। यसअघि सोही प्रयोजनमा २० डलर मात्र तिर्नुपथ्र्यो।

शैक्षिक उपाधि प्राप्त हुने गरी अध्ययनरत विद्यार्थी र आश्रित परिवारले प्रतिमहिना ३० डलर तिर्नुपर्नेछ। यसअघि उनीहरूले २० डलर तिर्नुपथ्र्यो। शैक्षिक उपाधि नपाउनेका लागि २५ अमेरिकी डलरबाट बढाएर प्रतिमहिना ७५ डलर पुर्‍याएको छ।

यसअघि उनीहरूले ५० डलर तिर्दै आएका थिए। तर भुटानका विद्यार्थीका लागि भने उक्त शुल्क लागू हुँदैन। भुटानी विद्यार्थी र उनीहरूका आश्रित परिवारका लागि ५ डलर बढाएर प्रतिमहिना १५ डलर पुर्‍याएको छ। अध्ययनअनुसन्धान गर्न आउने अन्य विदेशी र आश्रित परिवारका लागि १० डलर भिसा शुल्क बढाएर ५० डलर पुर्‍याइएको छ। उनीहरूले यसअघि प्रतिमहिना ४० डलर तिर्दै आएका थिए।

गैरपर्यटकीय भिसाअन्तर्गत पत्रकार र आश्रित परिवारको भिसा शुल्क ५ डलर बढाएर १५ डलर पुर्‍याइएको छ। यसअघि उनीहरूले प्रतिमहिना १० डलर तिर्नुपथ्र्यो। दातृराष्ट्रको लगानीमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत विदेशी र आश्रित परिवारले प्रतिमहिना ५० डलर तिर्नुपर्ने भएको छ। यसअघि उनीहरूले प्रतिमहिना ३० डलर तिर्दै आएका थिए। गृह मन्त्रालयले उनीहरूको भिसा शुल्कमा २० अमेरिकी डलर बढाएको हो।

एक करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई एक वर्षभन्दा कम अवधिको बहुप्रवेशी भिसाबापत २० डलर र  एक करोडभन्दा कम लगानी गर्ने र एक वर्षभन्दा कम अवधिको बहुप्रवेशी भिसाका लागि ३५ डलर तिर्नुपर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी