‘असार २२ गते विप्लव नेकपाले नेपाल बन्दको आह्वान गरेको छैन’

‘असार २२ गते विप्लव नेकपाले नेपाल बन्दको आह्वान गरेको छैन’

  • बुधबार, असार १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ १८ असार ।
नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते पार्टीले नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै पार्टीले बन्दको आह्वान नगरेको पनि प्रष्ठ पारेको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते पार्टीले कुनै बन्द आह्वान नगरेको जानकारी दिदैँ विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाईएको बताउनु भयो ।
यस्तो झुठो हल्लाको पछि नलाग्न पनि उहाँले आम जनतालाई आग्रह गर्नुभएको छ । उहाले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको पनि बताउनु भएको छ ।

उहाँले पूर्वका विभिन्न जिल्लाका गाउँ गाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न माग समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ