सङ्खुवासभामा भएको प्रहरी दमनको विरोधमा नेकपाद्धारा संघर्षको घोषणा, २१ गते देशव्यापी जनप्रदर्शन

सङ्खुवासभामा भएको प्रहरी दमनको विरोधमा नेकपाद्धारा संघर्षको घोषणा, २१ गते देशव्यापी जनप्रदर्शन

  • बुधबार, असार १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौँ १८ असार ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संङखुवासभामा भएको प्रहरी दमनको विरोध गर्दै षंघर्षका कार्यक्रम घोषणा गरेको छ ।

ने क पा ले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका आफना पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै त्यसको विरोधमा तीन दिने सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअन्तरगत नेकपाले असार १९ र २० गते देशव्यापी रूपमा मशाल जुलुस निकाल्ने निर्णय गरेको छ । त्यसैगरी २१ ग्ते देशव्यापी विशाल जनप्रदर्शन गर्ने निर्णय भएको नेकपाको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

सरकारले असार १६ गते सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता–कार्यकर्तामाथि अन्धाधुन्द गोली प्रहार गरेको थियो ।

उक्त घटनामा नेकपातर्फ क्षति नभए पनि सरकारी दमन तीव्र बन्दै गएपछि नेकपाले त्यसकाविरुद्ध सङ्घर्ष घोषणा गरेको हो । सरकारले जेठ ७ गते भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ र असार ५ गते सर्लाही इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरिसकेपछि हत्या गरेको थियो ।

सरकारी दमन र हत्याको देशव्यापी विरोध भइरहेको सन्दर्भमा प्रहरीले सङ्खुवासभा, कालीकोटलगायत जिल्लामा व्यापक दमन सुरु गरेको छ । नेकपाले सबैखाले दमनको विरोध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ