मर्जरका लागि राष्ट्र बैंकले सहुलियत दिनुपर्ने नेपाल बैंकर एशोसिएसनको निष्कर्ष

मर्जरका लागि राष्ट्र बैंकले सहुलियत दिनुपर्ने नेपाल बैंकर एशोसिएसनको निष्कर्ष

  • मङ्लबार, असार १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, असार १७ ।
नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि आवश्यक सहुलियत राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको हो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था बैंकर एशोसिएसनले बैठकले राष्ट्र बैंकको मर्जर नीतिलाई सबैले सहयोग गर्ने निर्णय समेत गरेको छ । बैंकको संख्या घटाउने गरी राष्ट्र बैंकले लिएको नीति राम्रो नभए पनि सहयोग गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक बैंकरले बताएका छन् ।

त्यस्तो सहुलियत आगामी मौद्रिक नीतिले दिनुपर्ने सीईओहरुको धारणा छ । उनीहरुले मौद्रिक नीति अगाडि मर्जरको सम्भावना अस्वीकार गरेका छन् । मर्जरका विषयमा आफूहरुले छलफल शुरु गरिसकेको भएपनि २७ गतेअघि मर्जको सम्भावना नभएको बताइउको छ ।

आफूहरुले गरेको छलफलबारे राष्ट्र बैंकलाई २६ गतेभित्र जानकारी भने गराइने सीईओहरुले बताएका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गत बिहीबार बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मौद्रिक नीति अगावै मर्जरमा जान साथी खोज्न आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी