काठमाडौं असार १७ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबी गर्नु भएको छ ।
रिपोर्टस क्लव प्रदेश नंबर ५ बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उहाँले आलोपालो मन्त्री हुने एकमुष्ठ सहमती भएपनि त्यसकोलागि ढाई बर्ष अभैm बाँकी रहेको बताउनुभएको हो ।
मन्त्री खनालले पार्टीमा बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको बताउनुभयो । पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उहाँले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताउनुभयो ।
सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उहाँले भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गर्नूभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline