कुमार पौडेल हत्याप्रकरणबारे यसो भन्छ सर्लाहि पुगेर फर्किएको गृह मन्त्रालयको छानविन टोली

कुमार पौडेल हत्याप्रकरणबारे यसो भन्छ सर्लाहि पुगेर फर्किएको गृह मन्त्रालयको छानविन टोली

  • सोमवार, असार १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

सर्लाही, १६ असार ।

‘विप्लव’ नेतृत्वको नपाल कम्युनिस्ट पार्टीका सर्लाहि इन्चार्ज कुमार पौडेलको हत्याप्रकरणबारे छानविन गर्न गृह मन्त्रालयद्धारा गठित टोलीले दोहोरो भिडिन्तमा पौडेल मारिएको भन्ने कुनै तथ्य फेला पार्न नसकेको जनाएको छ ।

तीन दिनअघि सर्लाही पुगेको छानविन टोलीले पौडेलको दोहोरो भिडन्तका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको भन्ने दाबी पुष्टी गर्ने प्रमाण फेला पार्न नसकिएको जनाएको हो ।
संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयलाई घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि गृह मन्त्रालयका उपसचिव दिपक नेपालको संयोजकत्वमा छानविन टोली गठन भएको थियो ।

उक्त टोली सर्लाहि पुगेर रितो हात काठमाडौ फर्किएको छ । टोलीले लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, वडा नं. १ का वडाध्यक्ष पञ्चलाल स्याङ्गबो तथा घटनास्थल आसपासका बासिन्दासँग कुरा गरेर फर्किएको छानविन संयोजक नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलीले घटनास्थलको निरिक्षण गर्नुका साथै घटनास्थल आसपासका स्थानीयवासि र सम्बन्धित नगरपालिकाका मेयर, वडा अध्यक्ष लगायतसँग कुराकानी गरेको थियो । सो क्रममा घटनास्थाल आसपासका स्थानीयले पौडेलको हत्या भएके दिन सो क्षेत्रमा गोली चलेको आवाज नसुनेको बताएको पनि उहाँले जानकारी दिनुभयो ।

अन्य विभिन्न राजनैतिक दलका नेतासँग समेत भेट गरेको बताउदै टोलीले सबैले घटनाको बारेमा केही थाहा नभएको बताएको जनाएको छ ।

घटनाबारे नजिकबाट बुभ्mने र देख्ने कोही पनि नभएको टोलीले जनाएको छ । घटनाबारे नजिकबाट बुझ्ने कोही भए अभैm पनि गृह मन्त्रालयको इमेलमा जानकारी पठाउन सकिने नेपालले बताउनु भयो ।

गत असार ५ गते विहीबार दिउँसो २ बजे सर्लाहीकै लालबन्दी नगरपालिका–१ लखन्देही खोलादेखि पूर्व र चन्द्रपुर जंगल पश्चिम सडकमै प्रहरीले गोली प्रहरार गरि पौडेलको हत्या भएको थियो ।

प्रहरीले विशेष सुराकीका अधारमा पिछा गर्दै गएको प्रहरी गस्ती टोलीमाथि आक्रमण भएपछि पौडेलको जवाफि कार्वाहिमा मृत्यु भएको दाबी गर्दै आएको छ ।

तर विप्लव नेतृत्वको ने.क.पा.ले भने नियन्त्रणमा लिएर कायरतापूर्वक आफ्ना नेता पौडेलको हत्या गरिएको आरोप लगाउँदै आएको छ। त्यस्तै आफन्तले समेत प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै छानविनको माग गरेका छन् ।
यता, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै सांसद्ले पनि पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको भन्दै विरोध गर्दै आएका छन् ।

सत्तारुढ नेताहरुले नै प्रहरीले पौडेलको हत्या गरेको भन्दै छानविनको माग गरेपछि सुशासन समितिको बैठकले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक सवेन्द्र खनाललाई बोलाएर छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।
छानविन टोली सुटुक्कै एक÷दुई जनालाई मात्र भेटेर फर्किएको भन्दै जिल्लास्थित मानवअधिकारकर्मी, विभिन्न दलका नेता, नागरिक समाजका अगूवाहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ