भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कानुनी व्यवस्था गर्न सांसदको माग

भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कानुनी व्यवस्था गर्न सांसदको माग

  • आइतवार, असार १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं १५ असार ।
राष्ट्रिय सभाका सांसदहरूले भूमिहीनलाई लालपुर्जा वितरण गर्नका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहीनलाई लालपुर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग माग गर्नुभएको हो ।

सत्तारुढ नेकपाका सांसदसमेत रहेका उहाले गुठीको उचित व्यवस्थापन हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई ढिलाइ नगर्न दबाब दिनुभएको छ । यस्तै नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम अझै हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

उहाले खानेपानी मन्त्रालयले अझै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा कहिले ल्याउने भन्ने यकिन गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । सांसद दिलकुमारी रावल थापाले सहकारी संस्थालाई व्यवस्थित रूपमा परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ । उहाले सार्वजनिक जग्गालाई व्यवस्थापनका लागि सरकारले चालिरहेको कदम उचित रहेको पनि बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ