अत्यावश्यक योजना हेरफेरको सहमतिपछि पोखरा महानगरपालिका मुख्यद्वारमा लगाएको ताला खुल्यो

अत्यावश्यक योजना हेरफेरको सहमतिपछि पोखरा महानगरपालिका मुख्यद्वारमा लगाएको ताला खुल्यो

  • शुक्रबार, असार १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

पोखरा, असार १३ ।
पोखरा महानगरपालिका मुलद्वारमा कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिले गरेको तालाबन्दी आज खुलेको छ । वडागत रुपमा अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि ताला खोलिएको हो ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वा्चित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको जनप्रतिनिधिको आरोप थियो । उनीहरुले आफूहरुको माग सम्बोधन हुनुपर्ने माग राख्दै बिहीबार महानगरको मुलद्वारमा ताला लगाएर दिनभर धर्ना बसेका थिए ।

शुक्रबार बिहान पोखरा महानगर प्रमुख मानबहादुर जिसीले पत्रकारसँग कुरा राख्दै बजेटमा भेदभाव नगरिएको र मूलद्वारको ताला खोलेरर वार्ताद्वारामा सहमति खोज्न आन्दोलनरत जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ