क्लीन फिड’ विधेयक संसदबाट पारित भए सशक्त आन्दोलनमा उत्रने चेतावनी

क्लीन फिड’ विधेयक संसदबाट पारित भए सशक्त आन्दोलनमा उत्रने चेतावनी

  • मङ्लबार, असार १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, असार १० ।
टेलिभिजन सेवा प्रदायक संघ–संस्थाहरुले सरकारले ‘क्लीन फिड’ लागू गरेमा सन्चारमाध्यमहरु धराशायी हुनसक्ने चेतावनी दिएका छन् । आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले त्यसो भएमा अर्बौंको लगानीसमेत डुब्ने बताएका हुन ।

कार्यक्रममा नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुदीप पराजुलीले सरकार घरघरमा सन्देशमूलक टेलिभिजनको ‘सिग्लन’ र्पुयाउने दायित्वबाट पन्छिन थालेको आरोप लगाउनु भएको छ । उहाले क्लीन फिड विधेयक संसदबाट पारित भएमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।

यस्तै, डिजिटल टेलिभिजन समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले क्लीन फिडसम्बन्धी विधेयकबारे सन्चार तथा सूचना प्रविधि मन्त्रालयसँग वार्ता गर्न खोज्दा मन्त्रालयले वार्ता गर्न नमानेको बताउनु भयो । सन्चार मन्त्रालयको तथ्यांकले नेपालमा १०० विदेशी च्यानलहरुले प्रसारण गर्ने अनुमति लिएका छन् । तीमध्ये अधिकांशमा विदेशी विज्ञापन बज्ने गर्दछ ।
अर्कोतर्फ विज्ञापन व्यवसायीहरुले भने विज्ञापनसहितका विदेशी च्यानलहरु प्रसारण हुँदा स्वदेशी विज्ञापन व्यवसायलाई असर परेको तर्क गर्ने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी