काठमाडौं, १० असार ।
संघीय संसदको राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बिधेयकमाथि छलफल गरेको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकमा सांसदहरुले प्रदेश प्रहरीको काम, कत्व्र्य र अधिकार तोकिनु पर्नेमा जोड दिएका छन् ।
छलफलमा भाग लिदैँ सांसद नवराज सिलवालले प्रहरी कर्मचारी समायोजन गर्न बनेको बिधेयक प्रकृया अगाडि बढाउन सुझाव दिनुभयो । यस्तै सांसद रेखा शर्माले प्रदेश प्रहरीको संरचना नबनेको भन्दै प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई दिनु पर्ने बताउनु भयो ।
सांसदहरु दिलेन्द्रप्रसाद बडु, प्रेम सुवाललगायतले प्रदेश प्रहरी निर्माणको लागि पहिले पर्याप्त छलफल गर्नुपर्नेमा जोड दिए ।
बैठकमा गृह मन्त्री रामबहादुर थापाले प्रहरी ऐनलाई राजनीतिक ढंगबाट समाधान गर्न आवश्यक रहेकाले ऐन ल्याउन ढीलाई गर्न नहुने बताउनु भयो । उहाँले दरबन्दी निश्चित गर्ने गरी ऐनलाई अगाडि बढाइने पनि जानकारी दिनुभयो ।