नेप्से परिसूचक बढ्यो

नेप्से परिसूचक बढ्यो

  • सोमवार, असार ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं ९ असार ।
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर ४८ करोड १४ लाख ९२ हजार ८२१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । विकास बैंक २.५५, निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४, सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी