काठमाडौं ९ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले दुईतिहाइ बहुमत पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मजदुरहरूको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने पनि स्पष्ट पार्नुभएको हो ।
नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । उहाले यात्राका लागि ट्राफिक नियमको पालना गराउने काममा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले यातायात मजदुरहरूलाई पनि यात्रुहरुको सुरक्षामा विशेष सर्तकता अपनाउन पनि सचेत गराउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline