काठमाडौं, असार ८ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना गर्छु भन्ने कुरा सम्भव नभएको बताउनुभएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मन्त्री पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियम भताभुंग बनाएर सबै नया गर्ने विषय सम्भव नभएको बताउनुभयो ।
उहाँले विगतमा गरिएको व्यवस्था विभेदकारी भए परिर्वतन गर्दै जान सकिने र भविष्यमा पनि आवश्यकताअनुसार परिर्वतन गर्न सकिने भन्दै विद्यमान सम्पूर्ण नीतिगत व्यवस्थामा डोजर लगाउन सम्भव नभएको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline