जिल्ला इन्चार्ज यादव र कुलदीपलाई तत्काल रिहा गर्न नेकपाको माग

जिल्ला इन्चार्ज यादव र कुलदीपलाई तत्काल रिहा गर्न नेकपाको माग

  • शनिबार, असार ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ, ७ असार । नेपाल कम्युनिस्ट पार्टीले दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र रामेछाप जिल्ला सेक्रेटरी कुलदीप थापामगर ‘अभिलाश’लाई बिनासर्त रिहा गर्न माग गरेको छ ।
ने.क.पा.ताम्सालिङ ब्युरो इन्चार्ज आधारले शनिवार विज्ञप्ति जारी गरी इन्चार्जद्धय दाहाल र थापामगरलाई विना सर्त तत्काल रिहा गर्न माग गरेका हुन् । दोलखा जिल्ला इन्चार्ज दाहाललाई आफ्नो उपचारका क्रममा अस्पताल जाँदै गर्दा काठमाडौँबाट गिरफ्तार गरी अमानवीय व्यवहार देखाएको भन्दै विज्ञप्तिमा घोर भत्र्सना तथा खेद व्यक्त गरेका छन् ।
अर्का जिल्ला इन्चार्ज थापामगर भने श्रीमतीको उपचार गराएर फर्किंदै गरेको अवस्थामा गिरफ्तार परेको बताईएको छ ।
उनीहरुलाई तत्काल रिहा नगरे कडा प्रतिरोधमा उत्रने चेतावनी समेत ने.क.पा.ले दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो अलोकतान्त्रिक क्रियाकलापप्रति गम्भीर खेद प्रकट गर्दै कमरेड अभिलाशलाई पनि तत्काल रिहा गर्न र अन्यथा कडा प्रतिरोधको सामना गर्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’
आधारको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘केपी वली सरकार दिनदिनै आफ्नो राजनीतिक चरित्र गुमाउँदै अमानवीय तथा क्रुर बन्दै गएको छ । देश, जनता र श्रमिकवर्गको मुक्ति अभियानमा रहेर निरन्तर राजनीतिक काममा क्रियाशील पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक–समर्थकलाई समेत यो सरकारले अपहरण शैलीमा गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दालगाई हिरासत तथा जेल पठाउने कार्य गर्दै आएको छ ।’
व्युरो इन्चार्ज आधारले सरकारलाई गैरराजनीतिक हर्कत तत्काल बन्द गर्न पनि आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ