काठमाडौ, ७ असार ।
नेपाल कम्युनिस्ट पार्टी धनकुटा जिल्लाका इन्चार्ज बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेकाे छ । शुक्रवार सङ्खुवासभा खाँदबारी नयाँ बजारबाट उनलाइ गिरफ्तार गरेको हाे ।
उता जिल्ला इन्चार्ज राइलाइ तत्काल रिहा गनर्न माग गरेकेा छ । मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गर्दै पार्टीका ब्युरो सदस्य एवम् धनकुटा जिल्लाका इन्चार्ज विवशलाई प्रहरीले असार ६ गते सङ्खुवासभा खाँदबारी नयाँ बजारबाट गिरफ्तार गरेको घटनाको भत्र्सना गर्दै तत्काल बिना सर्त रिहा गर्न माग गरेको छ ।
ब्युरो इन्चार्ज अनुद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जनहत्यारो केपी÷पीके गठबन्धनको सामाजिक फासिवादी दलाल सरकार राष्ट्र र जनतालाई लुट्दै निहत्था जनताको हत्यामा उत्रिएको छ । शोषण, दमन र आफ्ना फासिस्ट हर्कतहरू प्रदर्शन गरिरहेको सरकार जनताको बीचमा स्थापित हुँदै गएका जनताका प्रस्तावहरूबाट अताल्लिएर आफ्ना कर्तुतहरू छोप्न हाम्रो पार्टीमाथि गिरफ्तारी र हत्याको शृङ्खला अगाडि बढाइरहेको स्पष्ट छ । हामी यसको सशक्त प्रतिरोध गर्नेछौँ ।’
जिल्ला इन्चार्ज कमरेड विवशलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गर्दै अन्यथा कडा प्रतिरोध गरिने विज्ञप्तिमा उल्लेख छ ।
