शुक्रबार सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेकेा छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २५ अमेरिकी डलरले बढेर प्रतितोला ६५ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासघले जनाएकाे छ ।
बिहीबार प्रतिऔस १३ सय ८० अमेरिकी डलर रहेकाे सुनकाे भाउ शुक्रवार पुन: बढेर १४ सय ५ डलर पुगेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।
शुक्रबार पुन: प्रतितोला १ हजारले बढेर नयाँ रेकर्ड कायम भएको शाक्यको दाबी छ । महासंघका अनुसार १५ दिनअघि न्युयोर्क मार्केटमा २०१९ को अन्तिमसम्म सुनको भाउ प्रतिऔस १४ सय डलर पुग्ने आकलन गरिएको थियो । तर, जुन २१ मै प्रतिऔस १४ सय डलर नाघेको छ । ‘अमेरिका र इरानको विवादले लगानीकर्ताहरु सुनमा आकर्षित भइरहेका छन्,’ उनले भने, ‘जसले गर्दा भाउ थप बढ्ने संकेत देखिएको छ ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline