विप्लव नेतृत्वकाे नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्यायोः थापा

विप्लव नेतृत्वकाे नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्यायोः थापा

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं ६ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले सर्वसत्तावादका प्रारम्भिक संकेतहरु देखाएको निष्कर्ष निकालेको छ । सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निस्प्रभावि हुँदा लोकतन्त्रको भविष्यमाथि पुनः प्रश्नचिन्ह खडा हुन थालेको राप्रपाले जनाएको छ ।

आजबाट सुुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष कमल थापाले देश डरलाग्दो संकटको चक्रव्युहमा परेको विश्लेषण गर्नुभएको छ ।

अध्यक्ष कमल थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको बताउनु भएको छ । सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उहाले सरकारसामु निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि चर्को आलोचना गर्नुभएको छ । अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष कांग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दाबी पनि गर्नुभयो ।

उहाले सरकारलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएर हिंसात्मक शृंखला निम्त्याएको बताउनु भयाे । उहाँले ने.क.पा.लाई वार्तामा ल्याएर समस्या समाधान गर्न पनि आग्रह गर्नुभएको छ । नेकपालाई प्रतिबन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ ।

उहाले कांग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको दाबी गर्दै आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउने पनि बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ