ने.क.पा.द्वारा असार १० गते नेपाल बन्द, कार्यकर्तालाई सक्रिय रक्षामा रहन विप्लवको निर्देशन(विज्ञप्तिसहित)

ने.क.पा.द्वारा असार १० गते नेपाल बन्द, कार्यकर्तालाई सक्रिय रक्षामा रहन विप्लवको निर्देशन(विज्ञप्तिसहित)

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, ६ असार ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टीका सर्लाहि जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको बिरोधमा नेपाल बन्दसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

सरकारले भुठो मुठभेडका नाममा पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै ने.क.पा.ले यहि असार १० गते नेपाल बन्दको आह्वान गरेको छ । यस्तै भोली प्रचार प्रसार गर्ने, ८ गते कोणसभा तथा घरदैलो र ९ गते मसाल जुलुस निकाल्ने कार्यक्रम छ ।

असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरि झुठो मुठभेडको प्रचार गरिएको ने.क.पा.ले बताएको छ ।

महासचिव विप्लवले सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्ने गरेको बताउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसैक्रममा पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ । पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ । ’

उहाँले उक्त घटनाको निश्पक्ष छानविनका लागि न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग अपिल समेत गर्नुभएको छ ।

महासचिव विप्लवले वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्नुभएको छ । साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि उहाँले निर्देशन दिनुभएको छ ।

ने.क.पा.ले कुमार पौडेललाई सहिद घोषणा गर्दै सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा पौडेलको हत्याको बदला क्रान्तिको प्रक्रियामा लिने पनि प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ