काठमाडौं, असार ५ ।
सुनको मूल्य उच्चदरले उकालो लागेको छ । आज सुनको मूल्य तोलामा एकैदिन एक हजारले बढेको हो ।
अन्तर्रा्ष्ट्रिय बजार पच्छ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर तोलाको ६४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार तोलाको ६३ हजार रुपैयाँमा स्थीर थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७३० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १३ सय ८५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline