राष्ट्रिय सुरक्षाका लागि रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक: मन्त्री पोखरेल

राष्ट्रिय सुरक्षाका लागि रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक: मन्त्री पोखरेल

  • बिहिबार, असार ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, असार ५ ।
प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि औपचारिक छलफल सुरु भएको छ ।

आज समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले पारमाणविक उत्पादनमा निजी क्षेत्रको प्रवेश रोक्नुपर्ने र अन्तर्रा्ष्ट्रिय चलखेलप्रति सचेत बन्नुपर्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको बताउनुभयो । विश्वका अधिकांश देशले यससम्बन्धी कानुन बनाइसकेको बताउँदै उहाँले नेपालले पनि कानुन बनाउन ढिलो गर्न नहुने बताउनुभयो ।

छलफलमा भाग लिँदै नेकपाका प्रमुख सचेतक देव गुरुङले पारमाणविक पदार्थ उत्पादनमा निजी क्षेत्रलाई रोक लगाउनुपर्ने बताउनुभयो । सांसद खगराज अधिकारीले सरकारले नै यो क्षेत्रको उत्पादनसँग सम्बन्धित संरचनाहरुको सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ