ने.क.पा.का दुई जिल्ला इन्चार्जसहित पाँच जना गिरफ्तार

ने.क.पा.का दुई जिल्ला इन्चार्जसहित पाँच जना गिरफ्तार

  • बिहिबार, असार ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ५ असार ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्ला इन्चार्जसहित पाँच जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरुमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, दोलखा जिल्ला सेक्रेटरी निशान जिरेल, विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को ताम्सालिङ ब्युरो संयोजक मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको अध्यक्ष विशाल तामाङ छन् ।

महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई काठमाडौं र चार जनालाई भक्तपुरबाट पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले जानकारी दिनुभएको छ ।

सरकारले ने.क.पामाथि प्रतिबन्ध लगायता सयौ नेता कार्यकर्तालाई गिरफ्तार गरिसकेको छ । यता ने.क.पा.ले गिरफ्तार नेताहरुलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ ।
बिना कारण उनीहरुलाई गिरफ्तार गरी झुठा मुद्धामा फसाउने सड्यन्त्र भएको भन्दै ने.क.पा.ले बिरोध गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ