पोखरा, असार ५ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनबारे प्रधानमन्त्रीसँग आफुले छलफल गरेको बताउनु भएको छ ।
कास्कीको पोखरामा बिहीबार विहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहाललेबजेट सार्वजनिक भइसकेपछि सरकार पुनर्गठन गर्नेबारे छलफल भएको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ तर अहिले नै सरकार पुनर्गठन गरिहाल्ने भन्ने निर्णयमा हामी पुगेका छैना ।’
आवश्यक्ता अनुसार प्रधानमन्त्रीले पन्त्रीमण्डल पुनर्गठन गर्न सक्ने उहाँले बताउनु भयो ।
अध्यक्ष प्रचण्डले भोली सचिवालयको बैठक डाकेर पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा निर्णय गरिने बताउनुभयो ।
सरकार र पार्टी सञ्चालनमा भएको विषयमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएकाले आफूले बोलेको कुरा कुनै नौलो विषय नभएको पनि उहाँले बताउनु भयो ।
अध्यक्ष दाहालले आफूले पहिलेको सहमतिनै संस्मरणमात्रै गरेको र नयाँ ढंगको सहमति बन्यो भने यही सरकार नै ५ वर्ष नै चल्न सक्ने अभिव्यक्ति दिएको बताउन्ुभयो ।