ने.क.पा. जिल्ला सेक्रेटरी आक्रोशसहित चार जना पुनः गिरफ्तार

ने.क.पा. जिल्ला सेक्रेटरी आक्रोशसहित चार जना पुनः गिरफ्तार

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

कास्की, ४ असार । उच्च अदालत पोखरा बार एसोसिएसन भवनबाट बुधबार कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ सहित चार जनालाइ प्रहरीले पुनः गिरफ्तार गरेकेा छ ।

आक्रोशसहित नेकपा कास्कीका जिल्ला सदस्य एवंम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक मिलन राई, अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाई पुनः गिरफ्तार गरेकेा हाे ।

मंगलबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहस सुनुवाईपछि उच्च अदालत पोखराका न्यायाधिश यज्ञप्रसाद बस्याल र  न्यायाधिश रामप्रसाद खनियाको संयुक्त इजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो । तर पुनः प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि उनीहरू रातभरी अदालत परिसरमै बसेका थिए ।

तर बुधवार प्रहरीले नाै जना मध्ये जिल्ला सेक्रेटरी भण्डारीसहित चार जनालाइ पुनः गिरफ्तार गरी अन्यलाइ छाडेकेा छ ।

अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल (क्रान्तिकारी)को पिएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष एवंम सहिद पुत्र सुजन सापकोटा, सचिब राजन साउद र गगन परियारलगायत भने रिहा भएका हुन्।

उच्च अदालत पोखराले अदालतका रजिस्ट्रारको उपस्थितिमा उनीहरुलाई रास्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनका पदाधिकारीको रोहबरमा छाड्न आदेश दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ