वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सच्याउन माग

वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सच्याउन माग

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, असार ४ ।

सरोकारवालाहरुले वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सच्याउन माग गरेका छन् । विधेयकमा सरकारलाई कानुनभन्दा माथि देखाउन खोजेको भन्दै वन विज्ञहरूले सच्याउन माग गरेका हुन् ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले विधेयक सच्याउन सुझाव दिदैँ वन ऐनलाई वातावरण संरक्षरणसम्बन्धी ऐनअनुसार निर्माण गर्नु पर्ने बताएक हुन् ।

सांसद राधा ज्ञवाली, शान्ता चौधरीलगायतले साझेदारी वनलाई उचित ढंगले व्यवस्थापन गर्न सुझाव दिए । वन व्यवस्थापनमा वन्यजन्तुको सुरक्षालगायतका बिषयमा ध्यान पु¥याउनु पर्ने उनीहरुको भनाइ थियो ।

पूर्व वन सचिव डा. कृष्णचन्द्र पौडेलले विधेयकमा राखिएको प्रावधानअनुसार सरकारले चाहेमा राष्ट्रिय वनको पनि भूउपयोग परिवर्तन गर्न सक्ने बताउनुभयो ।
उहाँले यस्तो प्रावधानले सरकार कानूनभन्दा माथि छ भन्ने पुष्टि गरेको बताउनु भयो ।
वातावरणविद् भूषण तुलाधरले सरकारले चाहँदैमा वन क्षेत्रको उपयोग परिवर्तन गर्न नहुने भन्दै सार्वजनिक र सरकारी वनबारे स्पष्ट प्रावधान राख्नुपर्ने सुझाव दिनुभयो ।

सरकारको एउटा गलत निर्णयले वन क्षेत्रमा ठूलो असर पुग्ने भएकाले समयमै सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ