चार राजदुतविरुद्ध उजुरी आव्हान, १० दिन भित्र उजुरी दिन सकिने

चार राजदुतविरुद्ध उजुरी आव्हान, १० दिन भित्र उजुरी दिन सकिने

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं असार ४ ।
संसदीय सुनुवाई समितिले पछिल्लो समय सिफारिसमा परेका चारजना राजदुतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको छ

सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारसहित चारैजना राजदुतमाथिको सुनुवाई थाल्दै उजुरी दिन १० दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ ।

सरकारी सञ्चार माध्यमबाट चारैजना राजदुतमाथि उजुरीका लागि आह्वान गर्ने निर्णय भएको संघीय संसदका महासचिव तथा समिति सचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिनुभयो । सुनुवाईमा प्रस्तावित राजदुतका व्यक्तिगत विवरण लगायतका विषयमा छलफल समेत भएको उहाले बताउनुभयो ।

गत जेठ २४ गते बसेको मन्त्रीपरिषदको बैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशिधर मिश्रलाई राजदूतमा सिफारिस गरेको थियो । सिफारिस गरिएका राजदुतको संवैधानिक सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ