मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयक पनि फिर्ता लिन देउवाको माग

मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयक पनि फिर्ता लिन देउवाको माग

कुनै हालतमा पारित हुन नदिने चेतावनी

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, असार ४ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानविपरित सरकारले संसदमा ल्याएका मिडिया काउन्सिल लगायत अन्य विधेयक पनि फिर्ता लिन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकको सुरुमै बोल्दै संसदीय दलका नेता देउवाले गुठी विधेयकसँगै मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगसम्बन्धी विधेयक सरकारले संविधान विपरित ल्याएको दावी गर्दै खारेज गर्न माग गर्नुभयो ।

ती विधेयक जबरजस्ती संसद्मा पेश गर्न खोजिए पारित गर्न नदिने उहाँको चेतावनी छ । सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै हालतमा पारित हुन नदिने चेतावनी उहाँको छ ।

देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकलाई कांग्रेसले जुनसुकै मूल्य चुकाएर भएपनि पारित हुन नदिने घोषणा गर्नुभयो ।

देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न उद्यत रहेको आरोप पनि लगाउनुभयो ।

गुठीसम्बन्धी विधेयक फिर्ता गर्ने मन्त्रीको घोषणा कानुन सम्मत नभएको भन्दै उहाँले संसदमा प्रवेश भइसकेको विधेयक संसदले नै फिर्ता गर्नुपर्ने प्रक्रिया रहेको समेत स्मरण गराउनु भयो ।

देउवाले संसद्मा प्रतिपक्षी उठेपछि उसलाई पहिले बोल्न दिनुपर्ने अन्तर्रा्ष्ट्रिय मान्यता रहेको समेत भन्दै संसदीय अभ्यासअनुसार संसारमै संसद विपक्षीको र सरकार सत्तापक्षको हुने प्रष्ट पार्नुभयो ।

यस्तै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हेपेको भन्दै दुःखेसो समेत पोख्नुभयो । संसदीय परम्पराअनुसार प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताउदैँ देउवाले आफु बोल्ने समयमा प्रधानमन्त्री ओली उपस्थित नभएर आफुलाई हेपेको बताउनु भयो ।

प्रधानमन्त्रीको युरोप भ्रमण पनि उपलब्धिविहीन भएको समेत सभापति देउवाले टिप्पणी गर्नुभयो । प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ