लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्चमा आज सुनुवाई

लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्चमा आज सुनुवाई

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, असार ४ ।
सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगको विज्ञापनमा देखिएको विवादको आज सुनुवाई गर्दै छ ।

आयोगले निकालेको विज्ञापनमा असन्तुष्टि जनाउँदै परेका चार वटा निवेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले आज सुनुवाइ गर्न लागेको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न हिजो आदेश जारी गरेको थियो ।

सोहीअनुसार ती सबै निवेदनको सुनुवाइ आजका लागि तय भएको हो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरित भएको दाबी गर्दै सर्वोच्चमा रिट परेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ