अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाको काम कहाँ पुग्यो ?

अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजनाको काम कहाँ पुग्यो ?

  • मङ्लबार, असार ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

वीरगञ्ज ३ असार ।
अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना अन्र्तगत नेपाल तर्फको पाइप गाड्ने काम पनि सकिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पथलैया देखि अमलेखगञ्ज जंगल क्षेत्रमा रुख कटान भएपछि पाईपलाईन गाड्ने कामले पूर्णता पाएको हो ।

रुख कटानको विषयमा आवश्यक निर्णय नआएका कारण लामो समय ९ किलोमिटर क्षेत्रमा पाइप गाड्न नपाउँदा काम अघि बढ्न सकेको थिएन । ०७५ माघ ३ गते नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले रुख काट्ने निर्णय गरेपछि त्यस क्षेत्रमा रुख काटिएको थियो ।

रुख कटान गरेर पन्छाएका क्षेत्रमा पनि भूमिगत पेट्रोलियम पाइपलाइन विछ्याउने काम सकिएको आयोजनाका मेकानिकल इन्जिनियर सरद पौडेलले बताउनु भएको छ ।

नेपालतर्फ अमलेखगञ्जदेखि रक्सौलसम्म ३६.२ किलोमिटर पाईप गाडिएको हो । रक्सौलदेखि मोतिहारीसम्म ३२.७ किलोमिटर पाइप गाड्ने काम सम्पन्न भइ टेष्टिङसमेत भइसकेको छ ।

यस्तै पेट्रोलियम पदार्थ भण्डारणका लागि अमलेखगञ्ज डिपोमा ४१ सय लिटरका २ वटा र ३९ सय किलो लिटरका १ वटा गरी ३ वटा ट्यांकी मर्मतको काम पनि सकिएको छ । ४१ सय किलोलिटरका २ र ३९ सय किलो लिटर तेल अटने क्षमताका १ वटा ट्याङ्की मर्मत भइसकेका हुन् । ती मध्ये दुई वटा ट्याङकीमा तेल भण्डारण सुरु भइसकेको छ ।

एउटा ४१ सय किलो लिटर क्षमताको ट्याङकीमा बाहिरी रंगरोगनको काम मात्रै बाँकी छ । बाँकी ३९ सय लिटरको एउटा ट्याङकी भित्र सफा गर्नुको साथै मर्मतको काम चलिरहेको छ । ट्यांकी मर्मतको काम पनि अन्तिम चरणमा पुगेको इन्जिनियर पौडेलले बताउनु भयो ।

पाइपलाइनमार्फत पेट्रोल, डिजेल र मट्टीतेलको ढुवानी गर्न सकिने भएपनि परियोजना सम्पन्न भएपछि पाईपलाईनबाट डिजेल मात्रै ल्याउने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी