चौतर्फि विरोधपछि अन्ततः सरकारद्धारा गुठी विधेयक फिर्ता

चौतर्फि विरोधपछि अन्ततः सरकारद्धारा गुठी विधेयक फिर्ता

  • मङ्लबार, असार ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, असार ३ । सरकारले भूमि व्यवस्थासम्बन्धी विधेयक फिर्ता लिएको छ ।भोलि काठमाडौंमा बृहत विरोध कार्यक्रम हुने निश्चित भएपछि सरकारले आज हतारहतार विधेयक फिर्ता लिने निर्णय गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभामा दर्ता गरिएको गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् । सरोकारवालाहरुसँग छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय भएको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

‘जनतालाई उत्तेजित र भ्रमित पार्न खोजिएको छ,’ विधेयक फिर्ता लिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सरोकारवालासँग छलफल गरेर पछि मात्र यसलाई अगाडि बढाइने छ।’सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको काठमाडौंवासीले कडा प्रतिकार गर्ने तयारी गरिरहेको अवस्थामा सरकार पछि हटेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ