रिले अनशन बसेका क्रान्तिकारी माओवादी निकट विद्यार्थीका अध्यक्षसहित १६ जना गिरफ्तार(भिडियोसहित)

रिले अनशन बसेका क्रान्तिकारी माओवादी निकट विद्यार्थीका अध्यक्षसहित १६ जना गिरफ्तार(भिडियोसहित)

  • सोमवार, असार २, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं २ असार ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसहितका नेताहरुलाई आज प्रहरीले गिरफतार गरेको छ ।

त्रिवि सेवा आयोगमा भएको अनियमितताको विरोधमा रिले अनसनमा बसिरहेका संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल सहितका १६ जना नेता कार्यकर्तालाई प्रहरीले अनसन स्थलबाटै गिरफतार गरेको जनाईएको छ ।

आज कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको गेटमा क्रान्तिकारीले तालाबन्दी गर्दै आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो । तालाबन्दी पछि गेटमै रिले अनसन बसिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गिरफतार गर्ने क्रममा आफुहरुमाथि प्रहरीले कुटपिट समेत गरेकोले केही कार्यकर्ताहरु घाइते भएको अध्यक्ष जुरेलले जनाउनु भएको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सुर्य कार्कीलगायत रहेका छन ।

पक्राउ गरेर उनीहरुलाई प्रहरीले अहिले कालिमाटी प्रहरी वृतमा राखेको बताईएको छ । उनीहरुले प्रहरी कार्यालयमै पनि अनसन सुरु गरेको घोषणा गरेका छन ।

भिडियो ।

 

https://www.facebook.com/netrashahiko/videos/1034711433543848/?t=203

भिडियोः नेत्र शाहीको फेसबुकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ