गुठी विधेयकको चौतर्फि विरोध भएपछि प्रधानमन्त्रीले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल

गुठी विधेयकको चौतर्फि विरोध भएपछि प्रधानमन्त्रीले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल

  • सोमवार, असार २, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, २ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित बनेको गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने बताउनुभएको छ ।
सरकाकारी निवास बालुवाटारमा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

छलफलमा सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ, महेश बस्नेत, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रदेशसांसद् वसन्त मानन्धर, दीपक निरौलालगायतले धर्म सस्कृति, जात्रा पर्वमाथि नै प्रहार हुने गरी विधेयक आएकाले सरकारले फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।

विधेयकका कतिपय प्रावधानलाई लिएर पार्टीको छवी माथि समेत प्रहार हुन लागेकाले अहिलेको समयमा सरकारले विधेयक अघि बढाउनु उपयुक्त नभएको पनि उनीहरुले सुझाव दिएका थिए ।

जनस्तरबाटै पार्टी र सरकारको विरोध हुनु उपयुक्त नभएकाले नागरिकमा विश्वास दिलाउन पनि सरकारलाई विधेयक फिर्ता लिनुको अर्को विकल्प नरहेको सहभागीहरुले सुझाव दिएको छलफलमा सहभागी सांसद रामवीर मानन्धरले बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङसमेत सहभागी हुनुहुन्थ्यो । यसअघि नेता नेपालले विधेयकका बारेमा सिंहदरबारमा सत्तारुढ दलका काठमाण्डौ उपत्यकाका सांसदहरुसँग छलफल गर्नुभएको थियो ।

साताव्यापी युरोप भ्रमण सकेर फर्कने क्रममा आइतबार विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विधेयक सच्चाइने बताउनुभएको थियो । त्यही अनुरुप प्रधानमन्त्री ओलीले सरोकारवालाहरुसँग सोमबार छलफल गर्नुभएको हो ।

यसअघि आजै बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग विधेयक विवादका सम्बन्धमा आवश्यक जानकारी लिनुभएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले विवाद उत्पन्न हुने गरी, धर्म सस्कृति नै लोप हुने गरी सरकारले कुनै पनि काम नगर्ने भन्दै आश्वस्त पार्नुभएको सांसद मानन्धरले बताउनुभयो ।

प्रधानमन्त्री सकारात्मक देखिनुभएकाले विधेयक फिर्ता हुने आफूले विश्वास लिएको सांसद मानन्धरले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ