गुठि विधेयक तत्काल फिर्ता लिन कांग्रेसको माग

गुठि विधेयक तत्काल फिर्ता लिन कांग्रेसको माग

  • सोमवार, असार २, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, असार २ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकविरुद्ध जारी सडक आन्दोलनमा ऐक्यवद्धता जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा जारी आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो ।

दमनको बाटोबाट नभइ वार्ता र संवादबाट समाधान खोज्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले ल्याएको विधेयक नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यताविरुद्ध रहेको जिकिर गर्नुभयो ।

विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति उत्पन्न हुनेतर्फ सचेत रहन सरकारलाई आग्रह गर्दै उहाँले त्यस्तो परिस्थितिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनीसमेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ