पेट्रोलियम प्रदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो, हवाई इन्धन र एलपी ग्याँसको मूल्य यथावत

पेट्रोलियम प्रदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो, हवाई इन्धन र एलपी ग्याँसको मूल्य यथावत

  • सोमवार, असार २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, असार २ ।

आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम आइओसीले पठाएको नयाँ मूल्यसूचीमा घटेकाले सोही अनुसार मूल्य समायोजन गरिएको हो ।

पेट्रोलियम प्रदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि २०७१’ अनुसार समायोजन गर्दा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई र दुई रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । समायोजन गरिएको मूल्य हिजो गएराती १२ बजेबाट लागू भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी