झापाबाट चमनलाल माझी र कुमार मैनाली गिरफ्तार, रिहा गर्न माग गर्दै ने.क.पा.ले दियाे यस्ताे चेतावनी(विज्ञप्तिसहित)

झापाबाट चमनलाल माझी र कुमार मैनाली गिरफ्तार, रिहा गर्न माग गर्दै ने.क.पा.ले दियाे यस्ताे चेतावनी(विज्ञप्तिसहित)

  • आइतवार, असार १, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

झापा, १ असार । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले झापाको विर्तामोडबाट गिरफ्तार गरेको छ।

आज झापाको विर्तामोडबाट विप्लव नेकपा झापाका जिल्ला सदस्य चमनलाल माझी र कुमार मैनालीलाई सादा पाेशाकमा खटिएको प्रहरीले गिरफ्तारी गरेको हाे ।  उता, नेकपाले गिर्तार दुबै जनालाइ तत्काल रिहा गर्न माग गरेेका छ । नेकपा झापाका सेक्रेटरी मनिषले विज्ञप्ति जारी गरी उनीहरूलमइ विनासर्त रिहा गर्न माग गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी राष्ट्र र जनताको अधिकार र मुक्तिकाे निम्ति दलाल पुजीवादी सत्ताकाे विरुद्ध संघर्षरत रहेकोजनाउदै विज्ञप्तिमा भनिएकाे ,  ‘साेहि कारण दलाल पुजीवादी सत्ताकाे असली कारिन्दाकाे रुपमा केपि पिके नेतृत्वको दलाल सामाजिक फाँसिवादि सरकार राष्ट्र र जनताको पक्षमा उभिएको जनताको पार्टी र आवाजलाई दबाउन आफ्ना घिनाैला कर्तुतहरु प्रदर्शन गरिरहेकाे छ।’

दुवैजनालाई पार्टी कामको सिलसिलामा हिँड्दै गर्दा विर्तामोड बाट सादा पोशाककाे प्रहरीले अपहरण शैलिमा गिरफ्तार गरेकेा भन्दै ने.कपाले अाक्राेश समेत व्यक्त गरेकाे छ । विज्ञप्तिमा झापालि जनता आफ्नो पार्टीको समर्थनमा रहेकाे जनाउँदै केपि बादलहरु जनताको उत्साहबाट अताल्लिएकाे र माथिबाट पार्टी विरुद्ध षड्यन्त्र भैरहेको बताइएको छ।

जिल्लाका क्रियासिल पार्टीका केही नेताहरूलाई माैका मिले भाैतिक रुपमै सिध्याउन षड्यन्त्र भैरहेको भन्दै आवश्यक परे जिल्ला नेतृत्व तहबाट बलिदान गर्न तयार रहेकाे समेत विज्ञप्तिमा भनिएकाे छ । विज्ञप्तिमा भनिएकाे छ, ‘राष्ट्र सेवक कर्मचारी र झापा प्रशासनलाई क्रान्तिमाथि दमन गर्न एकरत्ति अगाडि नबढ्न अनुरोध गर्दै गम्भीर चेतावनी दिन चाहन्छौं । क्रान्ति सबैकाे साझा बिषय भएकोले संयम बनेर अगाडि बढ्न र यस्तै प्रकारले सुराकी ,सिआइडि,भिजिलान्ते र गुन्डागर्दी शैलिमा अण्डरकभर प्रहरी भन्दै जनताका विरुद्धको काम गरेर क्रान्तिकाे आगाेमा हात नहाल्न र यस्तै गरि अघि बढे क्रान्तिकाे ज्वालाले भस्म हुने चेतावनी दिन चाहन्छौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ