संघीयतालाई असफल पार्न अनावश्यक प्रचारवाजीः मुख्यमन्त्री शाही

संघीयतालाई असफल पार्न अनावश्यक प्रचारवाजीः मुख्यमन्त्री शाही

  • आइतवार, असार १, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

सुर्खेत, असार १ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनावश्यक प्रचारवाजी भइरहेको बताउनु भएको छ ।

आज वीरेन्द्रगरमा सिभिल वैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गर्दै संघीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने उद्धेश्यले गरिएका अनर्गल प्रचारवाजीविरुद्ध सचेत हुनुपर्ने बताउनु भयो ।

मुलुकमा कानुनी शासन रहेको बताउँदै सरकारमा बस्नेहरुले भ्रष्ट्राचार गरेको पाइएमा कानून बमोजिम दण्ड हुने बताउँदै मुख्यमन्त्री शाहीले सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको प्रष्ट पार्नुभयो । विश्वका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिदै उहाँले नेपालमा पनि कानुनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्ने बताउनुभयो ।

संघीयता बिरोधी समूहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनबिरोधी काम नगरेको उहाँको दावी छ मुख्यमन्त्री शाहीले उत्पादनमुलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बैंकहरुले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले साना तथा स्वरोजगारमुलक व्यवसायमा पनि लगानी बढाउन आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ