धनुषाबाट गिरफ्तार राईनलाई तत्काल रिहा गर्न ने.क.पा.को माग, रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

धनुषाबाट गिरफ्तार राईनलाई तत्काल रिहा गर्न ने.क.पा.को माग, रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

  • आइतवार, असार १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

जनकपुर, १ असार ।
नेपाल कम्युनिस्ट पार्टीले जिल्ला सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रिय सदस्य जाहिर राईनलाई तत्काल रिहा गर्न माग गरेका छ ।
ने.क.पा. धनुषाका इन्चार्ज प्रकाश र सेक्रेटरी ताराले आज विज्ञप्ति जारी गरी जेठ ३१ गते पार्टी सङ्गठनको कामको सिलसिलामा रहेको बेला प्रहरीले राईनलाई धनुषाबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान केपी–बादलमण्डली सरकारको यसप्रकारको गैरकानुनी, गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।”
दमन, गिरफ्तार र झुट्टा मुद्दाले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण नेकपाले यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार राईनलाई तत्कालै विनासर्त ससम्मान रिहा गर्न माग गरेको छ ।
उनलाई रिहा नगरे सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ