साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

  • आइतवार, असार १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, असार १ । साताव्यापी युरोप भ्रमण सकेर गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । गत जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आज बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए । यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री टेरिजा मे र राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ