डीआर पौडेलको असामयिक निधनले राष्ट्रियताको आन्दोलनलाई धक्काः ने.क.पा.

डीआर पौडेलको असामयिक निधनले राष्ट्रियताको आन्दोलनलाई धक्काः ने.क.पा.

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले पूर्व शिक्षामन्त्री तथा सत्तारुढ नेकपाका नेता धनीराम पौडेल (डीआर पौडेल ) को असामयिक निधनप्रति गहिरो शोक र श्रद्धाञ्जली प्रकट गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले शनिवार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै वामपन्थी आन्दोलनका एक इमानदार व्यक्तित्व पौडेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ र शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।

सरकारी नेकपामा रहेर पनि सरकारको फासिवादी दमनको सशक्त विरोध गर्दै आएका पौडेलको निधनले नेपालको राष्ट्रियताको आन्दोलनलाई समेत धक्का पुगेको प्रवक्ता प्रकाण्डले बताउनु भएको छ ।

पौडेल सत्तारुढ नेकपाका केन्द्रीय सदस्य र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य रहिसकेका थिए । उनको शुक्रबार बिहान ६ः४५ मा हृदयाघातका कारण चितवनमा निधन भएको थियो । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ ।

स्याङ्जाको दरौँमा २०२३ सालमा जन्मिएका पौडेल तत्कालीन नेकपा (एकताकेन्द्र मसाल) र नेकपा (माओवादी) एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य थिए । पौडेल ‘जन एकता’ साप्ताहिकको सम्पादकसमेत थिए । उनका श्रीमती गङ्गा बेल्बासे र दुई छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ