सरकारले मानवीय संवेदनशीलतामा समेत क्रुरता देखाएको भन्दै विप्लवद्धारा खेद प्रकट, श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली

सरकारले मानवीय संवेदनशीलतामा समेत क्रुरता देखाएको भन्दै विप्लवद्धारा खेद प्रकट, श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, ३२ जेठ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारले मानवीय संवेदनशीलतामा समेत क्रुरता देखाएको भन्दै खेद प्रकट गर्नुभएको छ ।

महासचिव विप्लवले शनिवार विज्ञप्ति जारी गरी स्वगीर्य गिरिबहादुर श्रेष्ठले बिरामि अवस्थामा छोरो भेट्न खोज्दा समेत नदिएर क्रुरता देखाएको बताउनु भएको हो । स्वर्गीय गिरीबहादुर पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’का बुबा हुनुहुन्छ ।

महासचिव विप्लवले बुबा गिरिबहादुरको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली र शोकाकुल पुष्करलगायत परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी ७४ वर्षीय श्रेष्ठको क्यान्सर रोगको उपचारका क्रममा शुक्रवार काठमाडौँमा निधन भएको थियो ।

साथै महासचिव विप्लवले वर्तमान पुँजीवादी सरकारले आफनो पार्टीमाथि प्रतिबन्ध लगाएपछि सयौँ नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा लगाएर हिरासत र जेलको यातनापूर्ण जीवन बिताउन बाध्य पारेको बताउनु भएको छ । उहाँले सोहि क्रममा पुष्करलाई पनि विभिन्न झूट्टा मुद्दा लगाएर बन्दी बनाइएको बताउदै बुबाको अन्तिम संस्कारमा पनि छोरा पुष्करसँग भेट गर्ने इच्छा व्यक्त गर्दा पनि सरकारले क्रुरता देखाएको बताउनु भएको हो ।

उहाँले सरकारको यस्तो क्रियाकलापप्रति खेद प्रकट गर्नुभएके छ । विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुबा गिरिबहादुर श्रेष्ठले अन्तिम समयमा छोरा पुष्करसँग भेट गर्ने इच्छा व्यक्त गर्नु भएको तर उहाँको अन्तिम इच्छालाईसमेत लत्याउँदै यो सरकारको गृह प्रशासनले क्रुरता र निचताको पराकाष्ठा प्रदर्शन गरेको छ । मानवीय संवेदनशीलतामा समेत क्रूरता प्रदर्शन गर्ने केपी–पीके कम्पनीको यस्तो क्रियाकलापप्रति हामी खेदसमेत प्रकट गर्दछौँ ।’
गिरीबहादुरको हिजो नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ