बाबुराम भट्टराईको ट्वीटः सांसदलाई ल्यापटपको प्रस्ताव सुनेर लज्जित छु

बाबुराम भट्टराईको ट्वीटः सांसदलाई ल्यापटपको प्रस्ताव सुनेर लज्जित छु

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, जेठ ३२ ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सांसदलाई ल्यापटप दिने प्रस्ताव सुनेर आफू लज्जित भएको बताउनुभएको छ ।

आज ट्वीट गर्दै भट्टराईले निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध भएको बताउनु भयो ।
भट्टराईले लेख्नुभएको छ, ‘फेरि सांसदलाई ल्यापटप भन्ने अर्को हास्यास्पद प्रस्ताव ल्याइएको सुन्नु पर्दा लज्जित छु । निजी उपभोगका साधन कसैलाई सार्वजनिक कोषबाट वितरण गर्नु नैतिक अपराध त हुँदै हो, सभ्य समाज र लोकतन्त्रमा कानुनी अपराध पनि हुनुपर्ने हो !’

‘के हामी लोकतन्त्रलाई बदनाम गर्ने र हत्या गर्ने दिशामा जाँदैछौं ?’ भनेर उहाँले प्रश्न समेत गर्नुभएको छ ।

यसअघि सत्तारुढ दल नेकपाका नेता भीमबहादुर रावल र रामकुमारी झाँक्रीले पनि ल्यापटप वितरणको विरोध गरेका थिए । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदलाई एक–एक थान ल्यापटप दिनका लागि प्रक्रिया अघि बढाएको छ । सांसदहरुलाई ल्यापटप वितरण गर्नका लागि राज्यकोषबाट करिब साढे तीन करोड रुपैयाँ खर्च गरिँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ