पूर्व शिक्षा मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित

पूर्व शिक्षा मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित

  • शुक्रबार, जेष्ठ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, ३१ जेठ ।
प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकले पूर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वा्चित हुनुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवनको माडीमा असमायिक निधन भएको हो ।

बैठकले उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ । अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ